जंगलको बिचमा बस्ने यो जाति, जसले बनाउँछन् मान्छेलाई आहारा

संसारका अनेकौं ठाउँमा आज पनि यस्ता मान्छेहरु भेटिन्छन् जो दुनियाँका लागि अनौठो रहस्य बन्ने गर्दछन् । चाहे ती अफ्रिकन आदीवासी हुन वा अमेजनका विभिन्न जातिहरु । यस्तै इन्डोनेसियाको 'पपुआ' प्रान्तको घना जङ्गलमा एक रहस्यमय जाति बस्ने गर्दछन् । यस जातिलाई 'कोरोवाई' भनिन्छ ।
अचम्म लाग्दो कुरा के भने ती जातिलाई नरभक्षी जाति पनि भनिन्छ । पहिलोपल्ट एक डच अभियन्ताले सन १९७४ मा यी जाति पत्ता लगाएका थिए । यसअघि यिनका बारेमा कसैलाई कुनै जानकारी थिएन । सपछि यस क्षेत्रमा मानिसहरुको आवत-जावत बढ्न थाल्यो । जसका कारण त्यो समुदायमा १९९० को दशकमा वेश्यावृत्ति पनि मौलाएको थियो । सरकारको पहलले १९९९ देखि त्यो कुरा भने रोकियो ।

बाहिरी मानिसको आवत-जावत र उनीहरुसँगको सम्पर्कबाट पनि ती जनजातिको चाल-चलन र व्यवहारमा कुनै परिवर्तन देखिदैन् । बाहिरी संसारसँग उनीहरुको कुनै सम्पर्क छैन् । यी जातिका मानिस जमिनबाट ६ देखि १२ मिटरको उचाइमा रुखमामाथि घर बनाएर बस्ने गर्दछन् । आफूमाथि कसैले आक्रमण गर्न नसकुन भनेर उनीहरुले यस्तो घर बनाएको खोजकर्ता बताउँछन् ।

यिनीहरुको जीवन यापनको मुख्य आधार शिकार रहेको छ । विभिन्न परम्परागत हतियारको प्रयोग गरी टाढा-टाढासम्म निशाना लगाई शिकार गर्ने क्षमता यी जातिका मानिसमा छ ।
यी 'कारोवाई' जातिको बसोबास रहेको क्षेत्र 'अराफूरा' सागरबाट करीब १५० किलोमिटरको दूरीमा रहेको छ । यी जातिको बारेमा केही डकुमेन्ट्री समेत बनेका छन् ।

यी जातिमा अन्धविश्वासलाई ज्यादै मान्यता दिइने गरिन्छ । यी जातिले मौका परेको खण्डमा मान्छेलाई मारेर समेत आफ्नो आहारा बनाउने गरेको बताइन्छ । एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...