सात वर्षपछि रोनाल्डो जुम्ल्याहा छोराको बाउ बन्दै

काठमाडौं, २९ फागुन ।
क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन् ।
क्रिष्टियानो जुनियर जन्मिएको सात वर्षपछि रोनाल्डो जुम्ल्याहा छोराको पिता बन्न लागेको द सनले जनाएको छ ।
रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डो सरोगेट मदरको सहायताले जुम्ल्याहा छोराको पिता बन्न लागेका हुन् ।
क्रिष्टियानो जुनियर सन् २०१० मा सरोगेसी मार्फत नै जन्मिएका थिए । रोनाल्डोका जुम्ल्याहा छोराको सरोगेट मदर अमेरिकी महिला रहेको उल्लेख गरिएको छ ।
रोनाल्डो अहिले स्पेनिस मोडल जर्जिना रोड्रिग्वेसँग डेटिङ गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...