रुसमा भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका मूख्य विपक्षी नेता पक्राउ

  • एजेन्सी, १४ चैत ।
भ्रष्टाचार विरुद्ध अभियान चलाउँदै आएका रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो ।

राजधानी मस्कोमा भइरहेको प्रदर्शनमा सहभागी उनलार्इ पक्राउ गरिएकाे बीबीसीले जनाएकाे छ। मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । सत्तामा रहेका व्यक्ति भ्रष्टाचारमा संलग्न भएको भन्दै नेता नाभाल्नीले अभियान चलाउँदै आएका छन्।


प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेड्भेडेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् । राजनीतिक पूर्वाग्रहका कारण आफू पक्राउ परे पनि भ्रष्टारचार विरोधी आन्दोलन गरिरहन उनले आफ्ना समर्थकलाई आग्रह गरेका छन् । त्यस क्रममा प्रहरीले अन्य पाँच सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।


तर अधिकारकर्मीले भने सात सय जना पक्राउ परेका बताएका छन् । सन् २०११–१२ मा भएको सरकार विरोधी आन्दोलनपछि मस्कोमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...