सरकारसँगको सम्बन्ध तोडिएकोमा सदभावनाका नेताहरू मख्ख
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले वर्तमान सरकारसँगको सम्बन्ध तोडिएकोमा नेताहरूले मख्ख पर्दै खुसी व्यक्त गरेका छन् ।
काठमाडौंको नयाँबानेश्वरस्थित पार्टी मुख्यालयमा शनिबारदेखि शुरु भएको राष्ट्रिय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने नेताहरूले पूर्व सहमति कार्यान्वयन नगर्ने सरकारलाई दिएको समर्थन फिर्ताले सहजता महसुस भएको जनाएका हुन् ।
उनीहरुले सहमति कार्यान्वयन नगर्ने सरकारलाई आगामी दिनमा समर्थन गर्दा धेरै कुराको विचार गर्नुपर्ने पनि बताए । बैठकमा पार्टीलाई आन्दोलनमा केन्द्रित गर्नुपर्ने भन्ने सुझाव आएको सद्भावनाका एक नेताले बताए ।
सद्भावना पार्टीले आफ्नो राष्ट्रिय महाधिवेशनलाई केही पछाडि साने तयारी पनि गरेको छ ।
सहमति विनै सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न लागेको र मधेसी मोर्चाले आन्दोलन घोषणा गरेकाले कम्तिमा ३ महिना महाधिवेशन सार्ने तयारी भएको उनको भनाइ छ । बैठक आइतबार दिन पनि बस्दैछ ।
२०७३ चैत्र ६ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...