नेपाल बन्दमा बिहानैबाट चलेको साझा बसमाथि आगजनी

  • काठमाडौँ, २८ फागुन । 

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दको अवज्ञा गर्दै बिहानैबाट चलिरहेको साझा यातायातको बस आगजनी भएको  छ ।

बा ४ ख ५६४८ नं को बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको प्रहरीले जनाएकाे छ । आगलागीबाट बसका आठवटा सीट पूर्णरुपमा जलेर रु एक लााख बराबरको क्षति भएको छ । 

तर कञ्चनपुर घटनाकाे विराेध गर्दै नेपाल कम्युनिष्ट पार्टीले शनिबार नेपाल बन्द गरेकाे थपयाे । साेहि क्रममा देशभर सयाैं भारतीय नम्बर प्लेटका गाडीहरूमाथी ताेडफाेड र अागजनी गरिएकाे छ ।

राष्ट्रयताकाे रक्षाकाे माग गर्दै गरिएकाे अान्काेदाेलमा साथ दिनुकाे साटाे त्यसकाे अवज्ञा गरिएकाले गाडीहरूमाथि ताेडफाेड भएकाे उक्त पार्टीकाे भनार्इ छ।

यता यातायातले कसैको समर्थन वा विरोधमा सेवा सञ्चालन नगरेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताएका छन्  । यस्ता गतिविधि नदोहो¥याउन सबैसँग अनुरोध पनि गरेका छन् । 

,

प्रतिकृया दिनुहोस्

Loading...