अपडेट : सप्तरी घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, चारको अवस्था गम्भीर

  • काठमाडाैं, २३ फागुन ।
सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । घटनामा घाइते भएका दुई जनाको बिपी कोइराला अध्ययन प्रतिष्ठानमा मृत्यु भएकाे हाे।

उपचारका लागि अस्पताल पुर्याइएका आनन्द शाह र पिताम्बरलाल मण्डलको मृत्यु भएको अस्पताल स्राेतले बताएकाे छ।

एमालेको मेची महाकाली अभियान अन्तर्गत राजविराजमा आज आयोजित सभा नजिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीकाे गाेली लागेर संजन मेहताकाे घटनास्थलमै मृत्यु भएको थियो।

९ जना घाइतेलाई बिपी कोइराला अस्पताल ल्याइएको चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। गम्भीर घाइते उनीहरुको स्वास्थ्य सुधार हुन् सक्ने नसक्ने बारे अस्पतालले केही खुलाएको छैन।

प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरीले रोक्दा झडप भएको थियो । 

झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...