सप्तरी गोलिकाण्ड : थप १ को मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

  • सप्तरी, २७ फागुन ।
नेकपा (एमाले)को मेची – महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप १ जनाको सुक्रबार मृत्यु भएको छ । योसँगै सप्तरी घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सप्तरीको जमुनी मधेपुरा गाविस– १ का ५० वर्षीय इनरदेव यादवको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज मृत्यु भएकोे हो । उनको पेटमा गोली लागेको थियो ।

यसअघि प्रहरीको गोलीबाट मलेठ गाविस – २ का २५ वर्षीय सञ्जन मेहता, मलेठ– ४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङरीका ३५ वर्षीय सिनियर अहेब आनन्दकुमार साह र मलेठ– ४ का वीरेन्द्र महतोको मृत्यु भएको थियो ।

एमालेको मेची – महाकाली अभियानलाई विरोध गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा २ दर्जन घाइते भएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...