मोर्चाको धम्कीपछि सप्तरीका एमाले नेता कार्यकर्ताको भागाभाग
- इमान्दार मिडिया संवाददाता ।
मधेसी मोर्चाको धम्की र घर घेराउपछि राजविराज लगायत आसपासका गाउँबाट धेरै नेता कार्यकर्ता विस्थापित भएको एमाले स्थायी कमिटी सदस्य तथा २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए ।
उनले प्रहरीले एमालेका कार्यकर्तालाई सुरक्षा दिन नसक्दा घर घरमा गएर मोर्चा कार्यकर्ताले परिवारका सदस्यलाई समेत धम्की आरोप लगाएका छन् ।
एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको रुपनगरस्थित निवासमा प्रहरीले सुरक्षा दिएको छ । जहाँ एमालेको स्थायी कमिटी बैठक बसेर तीन दिनका कार्यक्रम स्थगित गरिएको थियो
जिल्लाका एमाले अध्यक्ष गोविन्द न्यौपाने, सचिव शम्भु यादव, प्रताप नारायण चौधरी लगायतका नेताहरु पनि सदरमुकामबाट विस्थापित भएका छन् ।
सोमवारको कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट गएका कार्यकर्ताहरु बन्द र धम्कीका कारण अलपत्र परेको एमालेले जनाएको छ ।
मोर्चाको केन्द्रीय बैठकले नै मधेसमा एमालेका नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने निर्णय गरेपछि जिल्लामा एमाले कार्यकर्ता त्रसित बनेका छन् ।
२०७३ फागुन २५ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...