विहानैबाट तनावग्रस्त सप्तरीमा गोली चल्यो, एकको मृत्यु

  • राजविराज, २३ फागुन ।
विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुरु गरेको मेची-महाकाली राष्ट्रिय अभियानको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो । 

त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको छ । मेहताको टाउकोमा गोली लागेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो। प्रहरीको गोलीले अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना घाइते छन् । 


, ,

प्रतिकृया दिनुहोस्

Loading...