सहिद गोविन्द गौतमलाई दिएको राष्ट्रिय सम्मानको काँग्रेस सभापतिले किन गरे विरोध ?
- धनगढी, ३० फागुन।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुर पुर्वासमा प्रवेश गरी सहिद गोविन्द गौतामको हत्या गरेपछि पूरै देश राष्ट्रियताको पक्षमा एकमत भयो । भारतीय दादागिरीको एक पटक फेरि एक मत भएर नेपालीले विरोध गरे ।
भारतको हत्या–आतंकको विरोधलाई नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दमा अभिव्यक्त गर्यो । हत्याकाण्डको विरोधका साथै सहिद गोविन्दलाई राष्ट्रिय सम्मान दिनु पर्ने, घाइतेको उपचार गर्नुपर्ने, पीडित परिवारलाई राज्यले व्यवस्थापन गर्नुपर्ने, हत्याकाण्डमा सहभागी एसएसबीलाई कारवाही गर्नुपर्ने मागका साथ नेपाल बन्द गरिएको थियो ।
गौतमलाई सहिद घोषणा गरिनु पर्ने माग एक स्वरमा उठेपछि सरकारले सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने निर्णय गर्यो । यो निर्णयबाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विरोध गरे । त्यही विरोधका कारण गौतमको अन्त्यष्टि एक दिन ढिला समेत भयो ।
काठमाडौँमा नेविसंघले गौतमलाई राष्ट्रि सम्मान दिनु पर्ने भन्दै प्रदर्शन गरेको थियो तर नेपाली काँग्रेसका पुर्वास नगर कमिटिका सभापति यमप्रसाद पौडेलले राष्ट्रिय सम्मान दिन नहुने अडानै लिए । प्रशासन र स्थानीय अन्य पार्टीका प्रतिनिधिले पौडेललाई सम्झाए तर पनि मानेन् । उनको असहमतिका बीच गौतमलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गरियो ।
पौडेलले राष्ट्रिय सम्मान दिए थप हिंसा भड्किने बताएका थिए । डरले शवयात्रामा सर्वसाधारण नआउने पौडेलको दाबी थियो तर त्यसो भएन । शवयात्रामा हजारौं सहभागी भए भने राष्ट्रिय सम्मानले सीमामा लड्नेहरुलाई आत्मसम्मानको अनुभूति गरायो ।
गौतमले माओवादीमा आस्था राखेकै कारण पौडेलले विरोध गरेको स्थानीयले बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...