‘ग्रहदशा’ बिग्रियो भन्दै काँग्रेस सभापति देउवा पत्नीसहित पशुपतिमा, ४५ मिनेट लगाएर गरे विशेष पूजा
- इमान्दार मिडिया संवाददाता ।
पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ग्रहदशा बिग्रेको भन्दै पशुपति मन्दिर पुगेर विशेष पूजाआजा गरेका छन् ।
बिहीबार बिहान साँढे ९ बजे श्रीमती आरजु देउवाको साथमा पशुपति पुगेका देउवाले करिब ४५ मिनेट लगाएर विशेष पूजापाठ गरेका हुन् ।पशुपतिनाथमा विशेष पुजा गरेपनि उनी गुहेश्वरीको दर्शनका लागि गएका थिए ।
आफूलाई देशको भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका देउवालाई निजी पुजारीले ग्रहदशा कटाउनुपर्ने सुझाव दिएका कारण पशुपतिमा विशेष पुजाआजा गरेको श्रोतको भनाइ छ ।
महाधिवेशनपछि पार्टीभित्र लगातार अप्ठेरो परिस्थितिको सामना गर्नुपरेको, राजदूत नियुक्ति तथा प्रहरीको प्रमुख नियुक्तिमा पनि सफल हुन नसकेको जस्ता कारण देउवाले आफ्नो ग्रहदशा बिग्रेको महसुस गरेपछि ज्योतिषले उनलाई विशेष पूजाआजा गर्न सुझाव दिएको हो ।
पूजाआजा सकेर फर्किएका नेता देउवा निवासपुग्दा हर्षित मुद्रा थिए ।
२०७३ चैत्र १७ मा प्रकाशित ।
तस्वीर : दैनिक नेपालबाट
प्रतिकृया दिनुहोस्
Loading...