कञ्चनपुर सीमा क्षेत्रमा झडप, एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु, एक प्रहरी जवान घाइते

  • दिया चन्द ।
कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्र आनन्दबजारमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ । नेपाल प्रहरीका एक जवान घाइते भएका छन् । 

आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीको ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका नेपालीहरूले भारतीय नागरीकहरूलार्इ लखेटेर सिमाना कटाउने क्रममा एसएसबीले गोली चलाएको घटनास्थलबाट प्रहरी नायव निरिक्षक लाल बहादुर स्याँडले इमान्दार मिडियालार्इ बताए।

'स्थानीयवासी निक्कै आक्रोशित थिए, भारतीय स्थानीय पनि ढुंगा हानाहान गर्दै थिए हामीले नेपालीहरुलाई रोक्ने प्रयास गर्यौं तर सकेनौं ।' प्रनानी स्याँडले इमान्दार मिडियासंग भने, ' नेपालीहरुले भारतीयलाई लखेटेर सिमाना कटाएलगत्तै एसएसबीले फायर खोलेको हो ।'
गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका गाैतमलाई धनगढीस्थित सिपी अस्पतालमा लगिएकाे थियाे । तर अस्पताल पुर्‍याइए लगत्तै डाक्टरले उनलार्इ मृत घोषणा गरेका हुन ।

एसएसबीकाे गाेलीबाट प्रहरी जवान लक्षमण बीक घाइते भएका छन् । उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे प्रनानी स्याँडले बताए । बीककाे टाउकाेमा गाेली लागेकाे छ ।

२०७३ फागुन २६ मा प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...