सिंहदरबारभित्र दुई मन्त्रीबीच झण्डै कुटाकुट ! यस्तो छ कारण
- काठमाडौं, १३ चैत्र ।
अाइतबार सरकारका दुई मन्त्रीबीच सिंहदरबारभित्र झण्डै कुटाकुट भएन । कारण थियाे पृथ्वीजयन्तीको दिन सार्वजनिक दिने या नदिने भन्ने विषय ।
मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरीबीच चर्काचर्की भएपछि अरू सबै हेरेकाे हेरइ भएका थिए ।
आगामी २०७४ सालमा वर्षभरी दिइने सार्वजनिक बिदालाई औपचारिकता दिन सिंहदरबारमा बसेको बैठकमा पृथ्वीजयन्तीको (पुस २७ गते ) दिन दिइने भनिएको सार्वजनिक बिदा हटाइएको पाइएपछि पर्यटनमन्त्री गिरीले प्रश्न उठाएका थिए ।
गिरीले पृथ्वीजयन्तीको दिन बिदा नदिइए बिदाको सूचि पारित गराउन आफ्नो समर्थन हुन नसक्ने बैठकमा बताएपछि दुई मन्त्रीबीच विवाद सुरु भएको बताइएको छ ।
‘पृथ्जीजयन्तीको दिन क्याबिनेटबाटै निर्णय भएको समाचार छ, कसरी अहिले एकाएक बिदा हट्यो ? ‘ भन्दै निधिमाथि गिरीले कडा प्रश्न गरेका थिए ।
जवाफमा निधिले क्याबिनेटबाट कुनै निर्णय नभएको मात्रै राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको जवाफ दिएका थिए ।
त्यसपछि थप आक्रामक बनेका गिरीले यसमा आफ्नो कुनै पनि हालतमा सहमति नरहने भन्दै ‘कसरी निर्णय गर्नुहुन्छ हेरौंला’ भन्दै जंगिएका थिए ।
दुई मन्त्रीबीच यही विषयमा लामो समयसम्म चर्काचर्की हुन पुगेको स्राेतके भनार्इ छ । स्राेतका अनुसार अनुसार विवादका बीच पनि पृथ्वीजयन्तीको दिन बिदा नदिने गरी बिदाको सूचि पारित गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...