बालाकोटमा बन्यो साढे १५ लाखको खेलमैदान

  • पर्वत, १८ चैत ।

पर्वतको महाशिला गाउँपालिका वडा नं ३ बालाकोटमा रु १५ लाख ५० हजारको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । 

बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष रु १० लाख र यो वर्ष रु पाँच लाख गरी कुल रु. १५ लाख बजेट प्राप्त भएको छ । उक्त खेलमैदान ७० मिटर चौडाइ र १५० मिटर लम्बाइमा बनेको स्थानीय खेलाडी कृष्ण गुरुङले जानकारी दिए । 

व्यवस्थित खेलकुद निर्माण गर्नका लागि केही रकम अपुग भएकाले सबैलाई यसमा सहयोग गर्न खेलकुद मैदान निर्माण समितिले आग्रहसमेत गरेको छ । आर्थिक अभावका कारण प्याराफिट निर्माण गर्न समस्या भएको छ । 

खेलमैदानमा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्सका अन्य खेल सञ्चालन गर्न सहज हुनेछ । 

मैदानको अभावमा युवापुस्तामा खेलप्रतिको रुचि कम हुँदै गएका बेला गाउँमै व्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय युवायुवती उत्साहित भएका छन् । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...