आफ्नै मेस्सी र रोनाल्डो उत्पादन गर्ने योजनामा चीन
- एजेन्सी, १८ फागुन ।
चीनले विश्व फुटबलमा आफ्नो दबादबा सुरु गर्न फुटबल खेललाई विशेष प्राथमिकता दिन सुरु गरेको छ ।
चीनले सन् २०५० पछिको योजना भन्दै आफ्नै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरेको छ ।
स्यालफोड युनिभर्सिटीका स्पोर्टस् प्रोफेसर सिमोन च्याडविकले अहिले चीनले विश्वका महंगा खेलाडीमा रकम खर्च गर्न जरुरी नभएको बताएका छन् । उनले चीनकै खेलाडीलाई अघि बढाउन काम गर्नुपर्ने र फुटबलमा चीनलाई अघि बढाउन नयाँ योजना बनाउनु पर्ने बताएको चिनियाँ सञ्चार माध्यममा खबर छ ।
चीनमा नै फुटबल प्रतिभाहरु धेरै रहेको र उनीहरुलाई अवसर दिनुपर्ने उनको भनाई छ । चीन सरकारले पनि आफ्नो देशले सन् २०५० पछिको विश्वकप जित्ने योयना बनाएको जनाएको छ ।
चीनिया क्लबले विश्वस्तरका खेलाडीलाई किनेर खेलाउन थाल्नुले फुटबल क्रेज बढेको र चीनिया सरकार फुटबल विकासका लागि लागिपरेकोले चीनिया फुटबलको भविष्य राम्रो रहेको फुटबल विश्लेषक बताउँछन् ।
प्रतिकृया दिनुहोस्
Loading...