एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

- काठमाडौं, ३ चैत ।
स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बार्यन लेभरकुशनसँग गोलरहित बराबरी खेलेको एथ्लेटिको मड्रिड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा पुगेको छ ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरी खेलेको एथ्लेटिकोले अवे मैदानमा भएको पहिलो लेगमा ४–२ को जित निकालेको थियो ।
एथ्लेटिको समग्रमा ४–२ ले नै विजयी हुँदै अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो । योसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
मोनाको र एथ्लेटिकोसँगै रियल मड्रिड, बार्सिलोना, लेस्टर सिटी, बार्यन म्युनिख, युभेन्टस र बोरुसिया डर्टमुण्ड अन्तिम ८ मा पुगेका छन् । क्वाटरफाइनलको ड्र शुक्रबार हुनेछ ।
प्रतिकृया दिनुहोस्
Loading...