भ्यालेन्सियामाथि बार्सिलोनाकाे प्रभावशाली जित

  • एजेन्सी, ७ चैत ।
स्पेनिस ला लिगामा १० खेलाडीमा सीमित भ्यालेन्सियामाथि बार्सिलोनाले ४–२ को प्रभावशाली जित निकालेका छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र आन्द्रे गोमेजले एक एक गोल गरे । 

लिग अन्तर्गत आइतबार राति भएको खेलमा भ्यालेन्सियाका लागि एलियाक्विम मंगला र मुनिर एल–हाड्डाडीले एक एक गोल गरे । २९ औं मिनेटमा मंगलाले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाति अग्रता दिलाए । ३५ औं मिनेटमा स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

४४ औं मिनेटमा मंगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । त्यसपछि ४५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । 

तर पहिलो हाफको इन्जुरी समयमा एल–हाड्डाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा २–२ को बराबरी भएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ५२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लियो । 

८९ औं मिनेटमा गोमेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ । २८ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया भने चौधौं स्थानमा छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...