पायोनियरको खेलकुद सप्ताह सम्पन्न, विद्यार्थीहरुको उत्कृष्ठ प्रदर्शन
पायोनियर पब्लिक स्कुलले स्पोर्ट मिट सम्पन्न गरेको छ । स्कुल कै प्रांगनमा आयोजना गरिएको प्रतियोगिता यहि फागुन २१ गतेबाट सुरु भएको थियो भने २६ गते सम्पन्न भएको छ ।
स्कुलका विद्यार्थीहरु विच भएको प्रतियोगितामा जुनियर र सिनियर गरेर खेलको विभाजन गरिएको थियो ।
सिनियर तर्फका खेलमा फुटबल, म्याराथुन, ब्याडमिण्टन, कबड्डी, रिले दौड, कक्टेल फार्इट, हाइ जम्प, लङ जम्प, पोर्ट बल लगायत सञ्चालन गरिएको थियो । म्याराथुन दौड १ सय मिटर र २ सय मिटरको दूरीमा आयोजना गरिएको थियो ।
यसैगरी जुनियर तर्फ म्युजिकल चेयर, रिले दौड, बेलुन ब्लाष्ट, रनिङ लगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो ।
हरेक बर्ष आयोजना गरिने खेलकुद सप्ताह यसपटक पनि आयोजना गरिएको हो । विभिन्न विधामा विजेता भएका विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका विच पुरस्कार वितरण गरिने भएको छ ।
विद्यालयले विद्यार्थीहरूको अन्तरनिहित क्षमताको विकासका लागि नियमित रूपमा यी र यस्ता कार्यक्रम गरिएको छ र भोलीका दिनहरुमा पनि पढाईका अलवा विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि स्कुल लागिरहने स्कुलका फाउण्डर/प्रिन्सिपल राजन श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...