पिएसजीका खेलाडीमाथि समर्थकद्वारा आक्रमणको प्रयास

  • एजेन्सी, २७ फागुन ।

पहिलो लेगमा ४–० को जित निकालेर पनि दोस्रो लेगमा ६–१ ले पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडीलाई समर्थकले आक्रमण गरेका छन् । 

बार्सिलोनाको मैदानमा भएको खेल हारेर फर्किएको पिएसजीका टोलीमाथि उसका समर्थकले बोउर्गेट विमानस्थलमा आक्रमणको प्रयास गरेका थिए । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पिएसजी स्पेनिस क्लब बार्सिलोनासँग ६–१ ले पराजित भएर समग्रमा ६–५ ले हारेको थियो । 

खेलाडी विमानस्थल पुग्दा त्यहाँ समर्थक निकै आक्रोशित र आक्रामक रुपमा प्रस्तुत भएको क्लबले जनाएको । घटनाको विषयमा छानबिन भइरहेको क्लबले जनाएको छ । विमानस्थलमा धेरै व्यक्तिले खेलाडीलाई धम्की दिएको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

समर्थकले खेलाडीको अपमान गर्नुका साथै उनकीहरुका गाडी तोडफोड गरेका थिए । खेलाडीका गाडी तोडफोड गर्नुअघि समर्थकले खेलाडीलाई अश्लिल गाली गरेका थिए । पिएसजीलाई हराएको बार्सिलोनाले भने च्याम्पियन्स लिगमा इतिहास बनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...