स्थानिय चुनाव : कुन जिल्लामा कुन दलले भाग लिँदैछन् ? (सूचिसहित)

काठमाडौं, ७ चैत ।

वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् ।

मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी ४७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । यस्तै भक्तपुरमा ३५ र ललितपुरमा ३४ दल चुनावमा सहभागी हुँदैछन् ।

पश्चिम तराईका जिल्लामा भन्दा पूर्वी तराईका जिल्लामा धेरै दलले चुनावमा सहभागिताका लागि दल दर्ता गराएका छन् । सर्लाही र सप्तरीमा ३७/३७ दलले भाग लिँदैछन् । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा सबैभन्दा कम दल सहभागी हुुने भएका छन् ।

यी दुई जिल्लामा ४/४ वटा राजनीतिक दल मात्र चुनावमा भिड्ने भएका हुन् । सुदूरपश्चिमका पहाडी जिल्लामा दल दर्ता गर्ने पार्टीको संख्या कम छ । बाजुरा, डोटी, बझाङ, दार्चुला, डढेल्धुरामा क्रमशः ५, ६, ७, ८, ९ दलले भाग लिँदैछन् । कैलाली र कञ्चनपरमा १८/१८ वटा पार्टीले दल दर्ता गराएका छन् ।

कुन जिल्लामा कुन दलले चुनावमा भाग लिँदैछन् त ? हेर्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...