सिरहाका तीनवटा स्थानीय निकायमा मधेसी मोर्चाको तालाबन्दी



लहान, ४ चैत ।

स्थानीय तहको नयाँ संरचनाप्रति विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सिरहाको तीनवटा स्थानीय निकायका कार्यालयमा तालाबन्दी गरेका छन् । 

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा कुनै किसिमको सहयोग नगर्ने रणनीतिस्वरुप आज लहान नगरपालिका, गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको मोर्चाका नेता तथा नेपाल सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ताले जानकारी दिए । 

यसैगरी मोर्चाका कार्यकर्ताले लक्ष्मीपुर पतारी गाउँपालिका लेखिएको बोर्डसमेत तोडफोड गरेका छन् 

,

प्रतिकृया दिनुहोस्

Loading...