देशका सबै स्थानीय तहमा भोलिसम्म कर्मचारी पुगिसक्ने
- काठमाडौं, २ चैत ।
सरकारले देशभरका सबै स्थानीय तहमा बिहीबारसम्म सबै कर्मचारी पुगिसक्ने बताएको छ ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर मंगलबारदेखि स्थानीय तहको औपचारिक रुपमा कार्यान्वयन भइसकेको छ ।
सुगम ठाउँमा मंगलबारदेखि नै कर्मचारीले काम थालिसकेका र अरु ठाउँमा पनि बिहीबारसम्म कर्मचारी पुगेर काम सुरु गर्ने सरकारले जनाएकाे छ ।
सामान्य प्रशासन मन्त्रालयले २७० जना नयाँ शाखा अधिकृतलाई नयाँ गाउँपालिकामा कार्यकारीको भूमिकामा रहने गरी पठाएको छ । केही मन्त्रालय मातहत रहेका शाखा अधिकृतलाई पनि गाउँपालिकामा पठाइएको छ । ७ सय ४४ स्थानीय तहमा दुईसय ७० अधिकृत र झण्डै ९० उपसचिव खटिसकेका छन् ।
निर्वाचन आयोगले माग गरे अनुसार सबै स्थानीय तहमा कर्मचारी पठाएर चुनावको तयारी र सेगाग्राहीको काम सँगसँगै हुने छ । आयोगले बिहीबारसम्म सबै स्थानीय तहमा कर्मचारी पठाउन आग्रह गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...