'स्थानीय चुनावले प्रचण्डको पत्तासाप'
- सल्यान, १७ चैत्र ।
पार्टीका राप्ती ब्युरो इन्चार्ज समेत रहेका पुनले सरकारले घोषणा गरेको स्थानीय चुनाव देश र जनताको हितमा नभएको भन्दै खारेज गर्नु पर्ने बताए । सल्यान पार्टीको पहिलो बैठकमा बोल्दै पुनले भने, ‘प्रचण्डको नेतृत्वमा हुने स्थानीय चुनाव प्रचण्डलाई नै सिध्याउने छ, दोस्रो संविधान सभा चुनावको परिणाम जसरी नै माओवादी केन्द्रको राजनीतिक हैसियता सिमित हुनेछ ।’
जनयुद्धको नाममा प्रधानमन्त्री प्रचण्डले पटकपटक व्यक्तिगत फाइदा लिइरहेको बताउँदै इन्चार्ज पुनले कहिले अाफ्नै नेतृत्वको जनयुद्धका उपलब्धीलाई व्यक्ति फाइदामा लिएर समाप्त पारेको बताए । ‘अहिलेका प्रधानमन्त्रीले जनयुद्धका उपलब्धीलाई व्यक्तिगत फाइदामा उपयोग गरिरहेका छन्, प्रचण्डले जनयुद्धको बेला जनयुद्धको नाममा र अहिले विप्लवले जनयुद्ध गर्छ भन्दै व्यक्तिगत फाइदा लिइरहेका छन्’ पुनले भने ।
बैठकमा पार्टीका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्माले चैत २४ देखि असार ५ सम्म एकीकृत तथा प्रतिरोध अभियान संचालन गर्न लागेको जानकारी दिए । त्यसैगरी जिल्ला सेक्रेटरी लोकपाल केसीले अागामी बैशाख ३१ मा घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई पार्टीले खारेज गरेको भन्दै शसक्त बहिस्कार गर्ने बताए ।
बिहीबार सम्पन्न बैठकले निर्वाचनको प्रचार प्रसारमा नलाग्ने सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई नजान अाग्रह गर्ने निर्णय गरेको छ । चुनाव प्रचारमा खटेको पाइएमा कारवाही गर्ने समेत बैठकले निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...