विप्लव नेतृत्वको पार्टीले मात्रै संसदीय व्यवस्थाको अन्त्य गर्छ भन्दै प्रचण्डका सुरक्षा गार्ड कम्युनिस्ट पार्टीमा प्रवेश

  • काठमाडाैं, १६ चैत ।

गोर्खा याक्सन मार्सल आर्टका अन्तर्राष्ट्रिय महासचिव सोम राई ‘सुदर्शन’ सहित आधा दर्जन खेलाडी तथा नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डर समेत रहेका सुदर्शनले माओवादी विभाजनसँगै मात्रिका यादव समूहको पूर्वी कमाण्डको जिम्मेवारी समालेका थिए ।

बुधबार सुदर्शनसहित इन्द्र तामाङ, प्रसिद्ध तामाङ, सैजाद खान, ताज आलम र पूर्ण गुरुङले नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन् ।

‘प्रचण्ड–बाबुरामले दिएको धोका र गद्दारीका कारण माओवादी पार्टीमा देखा परेको विभाजन र विघटनको क्रममा मातृका यादवको नेतृत्वमा विद्रोह गरी धनकुटा हुँदै पूर्वी नेपालमा माओवादी पार्टीको पुर्नगठन अभियानमै रहँदा मात्रिका यादव समेत विचलन देखापरी पार्टीभित्र आवश्यक छलफल नै नगरी प्रचण्डको आत्मसमर्पणवादी धारमा पलायन भएपछि हामी स्वतन्त्र रहयौँ’ विज्ञप्तिमा भनिएको छ ।

गोर्खा याक्सन मार्सल आर्टका संथापक अध्यक्ष समेत रहेका सुदर्शनले नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र नेपालका दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले आफूहरु ध्रुबिकृत भएको बताएका छन् ।

‘कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने आजको उत्तम विकल्प रहेको निष्कर्षसहति हामी आजैको मितिदेखि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

सुदर्शन जनयुद्धकालमा तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष, हालको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको सुरक्षा गार्ड थिए । शान्ति प्रक्रियापछि पनि प्रचण्डले सुदर्शनलाई सुरक्षा गार्ड बनाएका थिए । तर, प्रचण्डले जनयुद्धको मूल्य-मान्यता छोडेको भन्दै सुदर्शन मात्रिका यादवसँगै पूर्वी क्षेत्रको कमाण्ड समाल्ने जिम्मा लिएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...