ताप्लेजुङ पाथिभर क्षेत्रमा भारी हिमपात, १ फुटसम्म जमेपछि अत्याधिक चिसो बढ्यो

  • ताप्लेजुङ २८ फागुन । 
शुक्रबार साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । वर्षापछि तल्लो क्षेत्रमा भने चिसो बढेको छ ।

कञ्चनजंघा हिमालको मूख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसालगायतका ठाउँमा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोलासहित प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फीटसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

पाथिभरा क्षेत्रमा शुक्रबार दिउँसो चार बजेबाट परेको हिमपात अझै नरोकिँदा दर्शनका लागि आएका तिर्थयात्री मर्कामा परेका छन् ।

माथिल्लो फेदीमानै एक फुटसम्म र पाथिभरा डाँडामा सो भन्दा बढी हिमपात भएको पाथिभराका स्थानीयले बताएका छन् ।

पाथिभरा दर्शनका लागि आएका दुई सयभन्दा बढी तीर्थयात्री हिउँ परेपछि माथिल्लो फेदीमै रोकिएका थिए ।

बालबालिका लिएर आएकाहरुलाई हिमपात भएपछि फेदीभन्दा माथि नजान आग्रह गरिएको छ । लामो समयमा वर्षा भएकाले बाली लगाउन सहज हुने भन्दै तल्लो क्षेत्रका कृषक भने हर्षित भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...