कुनै गतिविधि हुन नदिने चेतावनीसहित गाउँपालिका कम्युनिस्ट पार्टीको तालाबन्दी

  • धादिङ, ३ फागुन ।
गाउँपालिकाको कार्यालय उद्घाटन भएको एक दिन पनि वित्न नपाउँदै नेपाल कम्युनिस्टले तालाबन्दी गरेको छ ।

धादिङको सिद्धलेक गाउँपालिकाको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीले तालाबन्दी गरेर शुरु गरेको हो ।

सलाङको कमलावारीमा मंगलबार उद्घाटन गरिएको सिद्धलेक गाउँपालिकाको कार्यालय अवैज्ञानिक र कथित चुनावको नाममा गरिएको खेलवाड भएकाले तालाबन्दी गरिएको इलाका इन्चार्ज राज कुमार गुरुङले बताए ।

गुरुङका अनुसार स्थानीय चुनावका कुनैपनि गतिविधि हुन नदिन चेतावनीसहित तालाबन्दी गरिएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...