यसरी डिलिट हुन्छ आफ्नो फेसबुक अकाउन्ट हेर्नुहोस (तरिकासहित)
कहिलेकाही कतिपयले आफ्नो फेसबुक एकाउन्ट कसरी डिलिट गर्न सकिन्छ भने सोचिरहेका हुन्छन् तर आइडिया हुदैन । यदि आफ्नो फेसबुक एकाउन्ट सदाका लागि डिलिट गर्नुपर्ने छ भने यसरी गर्न सकिन्छ ।
काउन्ट डिलिट गर्नुभन्दा पहिले विचार पुर्याउनु कुरा के छ भने एकपटक डिलिट गरेको अकाउन्ट पुनः एक्टिभेट गर्न सकिँदैन र तपाइँले आफ्नो प्रोफाइलमा शेयर गरेका सबै चिज पनि डिलिट हुन्छन् ।
आफ्नोे फेसबुक अकाउन्ट सधैका लागि डिलिट गर्न तलको तरिका अपनाउनुहोस्-
१. फेसबुकमा लगअन गरी सेटिंग अप्सनमा जानुहोस् ।
२. General Account Settings मा गएर Download a copy या all your Facebook data नामक अप्सनमा क्लिक गर्नुहोस् ।
३. त्यसपछि https://www.facebook.com/help/delete_account ? लिंकमा गएर Delete My Account अप्सनमा जानुहोस् ।
यति गरिसकेपछि तपाइँलाई पासवर्ड हाल्न भनिन्छ । Final Confirmation का लागि Captcha Code भेरिफाइ गर्न लगाइन्छ ।
यति गरिसकेपछि फेसबुकले तपाइँलाई सूचित गर्नेछ की तपाइँको फेसबुक अकाउन्ट डिलिट हुन सुरु भएको छ र आगामी १४ दिनभित्रमा डिलिट हुनेछ ।
यदि यसबीचमा तपाइँको मन परिवर्तन भयो र फेसबुकमा रहिरहन मन लाग्यो भने तपाइँले १४ दिन भित्रमा फेसबुक लगइन गरेर डिलिट रिक्वेस्ट रद्ध गर्न सक्नुहुन्छ ।
तपाइँको फेसबुक अकाउन्टमा रहेका फोटो, स्टाटस अपडेट तथा अन्य डाटाहरु पूर्णरुपमा डिलिट हुनका लागि ९० दिनसम्म लाग्ने कुरा पनि फेसबुकले सूचित गर्दछ । एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...