बन्दकर्ताको निशानामा भारतीय गाडी, कतै तोडफोड त आगजनी

  • काठमाडौं, २८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । यतायात पसलहरु ठप्प छन् ।

बन्दकर्ताहरुले विशेषतया भारतीय नम्बर प्लेटका गाडीहरुलाई आफ्नो निशानामा पारेका छन् । बन्दका क्रममा एका बिहानै ३ वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ ।

बन्दकर्ताहरुले राजधानीमा बन्दको अवज्ञा गरेको भन्दै पुरानो बानेश्वर, कलङकी चोक र गाेंगबुमा भारतीय गाडीमाथी तोडफेड तथा आगजनी गरेका छन् ।

राजधानीको पुरानो बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोेडफोड तथा आगजनी गरेको जनाइएको छ ।

यस्तै कलंकीमा पनि भारतीय नम्बर प्लेटको गाडी प्रहरी घेराभित्र तोडफोड भएको छ । गौशालाबाट आउदै गरेको यु पि ६५ एएम ०६५७ नम्बरको टोयटा कारमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । उता गाेंगबुमा एचपी ६४५०६६ नब्काे भारतीय गाडीमाथी नै ताेडफाेत भएकाे छ ।

कञ्चनपुरमा बिहिबार भारतीय सुरक्षा बल (एसएसबी)ले स्थानीय गोबिन्द गौतमको गोलीहानी हत्या गरेपछि देशभर स्थानीयहरू आक्रोशित भएका छन् ।

बुधबार भारतीय ज्यादतीबिरुद्ध बिरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार भारतीय राजदूतावास लैनचौर अगाडी प्रदर्शनगरेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...