'आफ्नी बुहारीलाई अधिकार दिन नसक्ने प्रचण्डलाइ आम महिलाका पीडाबारे के चिन्ता ?'

  • काठमाडौं, २५ फागुन।
१०७ औँ महिला दिवस मनाइरहदाँ नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेलले प्रधानमन्त्री प्रचण्डलाई गम्भिर प्रश्न सोधेकी छन ।

काठमाडौँ शान्तिवाटीकामा आयोजीत जनसभामा बोल्दै नेकपाकी पोलीटब्युरो सदस्य समेत रहेकी भुजेलले अर्काको अधिकार र स्वतन्त्रताको कुरा गर्ने प्रधानमन्त्रीले आफनो परिवारकी सदस्य अर्थात छोरा प्रकाश दाहालकी माइली श्रीमती सिर्जना त्रिपाठीलाई अधिकार दिनु पर्ने बताइन । नेतृ भुजेलले महिला हिंसा आफनै घरबाट हटाउन नसकनेले मुलुकमा हटाउन खोज्नु मुर्खता भएको समेत आरोप लगाइन ।

प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डलाई उनको प्रश्न छ । प्रचण्डले उनकी माइली बुहारीलाई अधिकार दिनु पर्दैन ? उनले नेपालमा २१ औ शताब्दीसम्म पनि महिलाहरु सत्ता र पुरुषको दासत्वमा पिल्सीरहेको समेत बताइन । भुजेलले यसको बिकल्प निरन्तर क्रान्ति भएको धारण राखिन ।

यस्तै कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्दु चन्दले नेपालमा महिला हिंसा खुलेआम मौलाएको भन्दै त्यसको अन्त्यका लागि आम महिलाहरुले क्रान्ति गर्नुपर्ने बताइन । पुजीवाद र अहिलेको असफल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित हुन् नसक्ने उनको भनाई छ ।

'२ / ४ जना आफ्ना वर्गका महिलाहरुलाई शासनसत्तामा पुर्याएर महिला अधिकारका हिमायती हौ हामि भनेर देखाउने र पैतालामुनि हजारौं लाखौं महिलाहरुलाई दबाएर नारकीय जीवन विताउन बाध्य पार्ने संस्कार यो पुजीवादले नेपालमा थुपारेको छ ।' उनले अगाडी भनिन्, 'यसको अन्त्यका लागि बैज्ञानिक समाजवादी क्रान्ति, समाजवादी आन्दोलन र समाजवादी व्यवस्थाको स्थापना गर्ने दिसामा हामि अगाडी बढ्नुपर्छ ।'

यस्तै अनेमसंघ क्रान्तिकारीकि महासचिव धीरेन्द्रा उपाध्याायले महिला मुक्तिका लागि आम नेपाली महिलाहरुले गोलबन्द हुनुपर्ने बताइन् ।

महिला नेतृ खुमा सुबेदीले हिजो दशबर्षे जनयुद्धमा महिलाहरुले आफ्नो तथा आम श्रमजीवी वर्गको मुक्तिका निम्ति बलिदान दिएको भन्दै आवश्यक परे नेपाली महिला फेरी बन्दुक र बम बारुद बोक्न तयार हुनुपर्ने धारणा राखिन ।

१०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) ले बुधबार राजधानीको शान्तिवाटिकामा बृहत जनसभाको आयोजना गरेको थियो । जनसभाअघि क्रान्तिकारीले र्यालीसमेत निकालेको थियो ।





तस्वीर : दिया चन्द 

, ,

प्रतिकृया दिनुहोस्

Loading...