विमानस्थलमा २ उपप्रमको यस्तो चर्तिकला, लाज पचाउदै पत्रकारको क्यामरा अगाडी नै झगडा
- काठमाडौं, १७ चैत्र ।
अस्वभाविक, कतै नभएको गतिविधि भएमा ‘हाडीगाउँको जात्र’ भन्ने नेपाली भनाइ छ । यस्तै जात्रा भयो बुधबार एयरपोर्टमा पनि । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण पूरा गरी स्वदेश फर्कदै थिए । उनको स्वागतको लागि तीनै उपप्रधानमन्त्री एयरपोर्टमा पुगका थिए ।
मर्यादा मिलाउन नसकेर प्रधानमन्त्रीले कसैलाई पनि काबा नदिएर चीन उडेका थिए । तीनवटा उपप्रधानमन्त्री मुख्य गरी कमल थापा र विमलेन्द्र निधिबीच अाफूलाई वरिष्ठ ठान्ने मनोरोगले …देख्नेलाई भयो । प्रधानमन्त्रीसँगै को बस्ने भन्ने प्रतिस्पर्धामा कमल थापाले जितेका छन् ।
प्रधानमन्त्रीको स्वागतको लागि सभामुख ओनसारी घर्तिपछि उपप्रधानमन्त्री त्रय कमल थापा, विमलेन्द्र निधि र कृष्णबहादुर महरा लहरबद्ध थिए । कमल थापाले प्रधानमन्त्रीको दायाँतिरको भाग कब्जा गरेपछि निधीको अस्भाविक गतिविधि गरे । उनले अाफू थापासँगै नउभिने निर्णय गर्दै महरालाई त्यसतर्फ आउन आग्रह गरे । अनि भयो ठाँउ सारी । ‘महराजी तपाई बरिष्ठ ब्यक्ति यता बस्नुस’ निधिले ब्यंग्यात्मक शैलीमा भने ।
प्रधानमन्त्रीको दायाँतिर उनीपछिको रोलक्रमअनुसार बस्ने चलन छ । यो दृश्यलाई सञ्चारकर्मीले क्यामारा कैद गरे ।
प्रतिकृया दिनुहोस्
Loading...