सीके राउतलाई विखण्डनकारी गतिविधि चलाउन एनजिओले पैसा दिने गरेकाे खुलासा, राहदानी र बैंक खाताहरू रोक्का
- इमान्दार मिडिया संवाददाता ।
याे खुलासासँगै जिल्ला अदालत सिरहाले सिके रावतको राहदानी र बैंक खाताहरू रोक्का गर्न आदेश दिएको छ ।
देश टुक्र्याउने अभिव्यक्ति दिएर पटकपटक प्रहरीसँग पौठाजोरी खेल्दै आएका सिके रावतले मध्यतराईका विभिन्न जिल्लाहरूमा विखण्डनकारी गतिविधि चलाएको भन्दै अदालतबाट यस्तो आदेश दिएको हो ।
राउतले स्वतन्त्र मधेस गठबन्धनका नाममा मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने भन्दै विखण्डनकारी गतिविधि चलाउँदै आएकाे प्रहरीकाे दावी छ ।
जिल्ला अदालतको आदेशअनुसार सीके राउतको राहदानी रोक्का गर्न सिरहा प्रहरीले चैत १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको स्रोतले बतायाे । त्यसैगरी प्रहरीले चैत १६ गते सीके राउतको नाममा रहेका सबै बैंक खाताहरू रोक्न पनि पत्र पठाइएको स्रोतको भनाइ छ ।
राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लहान, सिरहा सीके राउतमाथि मुद्दा चलाइरहेको छ ।
यसैबीच, नेपाल प्रहरीले सीके राउतले बिखण्डनकारी अभियान चलाउन प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, यूट्यब जस्ता एकाउन्ट सबै बन्द गरिदिने भएको छ । त्यसका लागि पहल सुरु भइसकेको स्रोतले जनायो ।
प्रतिकृया दिनुहोस्
Loading...