सिरियामाथि अमेरिकाको ५० बढी मिसाइल आक्रमण
- काठमाडाैं, २५ चैत ।
गत मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए । अहिले भइरहेको मिसाइल आक्रमणको असरबारे कुनै जानकारी आएको छैन ।
बिहीबार सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल गरेको थियो । सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छलफल गरेका थिए । छलफलपछि शुक्रबार अमेरिकाले मिसाइल आक्रमण गरिरहेको हो ।
छलफलमा सिरियाका नागरिकलाई सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाका विदेश मन्त्री रेक्स टिलरसनले सिरियाको भविष्यका लागि राष्ट्रपति बसर अल असदको कुनै भूमिका नहरने पनि बताएका छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियाको नेतृत्वलाई केही गर्नुपर्ने चेतावनी दिएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...