पोखरामा बन्यो अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNN99V-uvy1UkFI6Nc-N23TgoeNjk6qX09zTs6KFKwCakv_dIAVpih5MMCb2oCtDWhNH1M1EbXeF-4QbM5NGliH3Lo45XTedVZ85ja0pJWHpNGok13f0fAEh8ThcTsOVB_hvGYFH0ejV2q/s640/Skating_Training_Center.jpg)
- पोखरा, १७ वैशाख ।
पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिए । निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ ।
पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता जनाउने विश्वास गरिएको छ ।
पूर्वाधार निर्माणका लागि अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडा, भारतलगायतका ३५ जना विदेशी नागरिकले श्रमदान गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...