नवलपरासीमा ट्रक र बस ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच घाइते

  • नवलपरासी, १९ चैत ।

नवलपरासीमा ट्रक र बस एक अापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएका छ । अन्य ५ जना घाइते भएका छन् । 

मध्यविन्दु–७ मा रहेको ४० किलो जंगलमा शुक्रबार राति साढे २ बजेतिर पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ४९९५ नम्बरको बस र त्यही दिशाबाट छुटेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्किँदा पाँच जनाको मृत्यु भएकाे हो ।

बसमा रहेका ४ जनाको घटनास्थलमै र भारतीय ट्रकका चालकको उद्धारका क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका ५ जनामध्ये चारको मात्र सनाखत भएको छ ।

दाङका १६ वर्षका बलीराम चौधरी, १७ वर्षका वीरवल चौधरी, सुर्खेतका ४० वर्षका हरिराम जालीमगर र भारतीय ट्रक चालक विहारको बर्गदवाका २५ वर्षको रियाज खानको ज्यान गएको हो । घाइते पाँच जनाको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...