अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै ठूलो बम प्रहार
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg2lrJiMP2lXvgKmyDob3saLUBVDHiNu-f-CaPluNPYASz2cdzQJENV9SuiGr5GgiHdLVTaH2RMtfFQMbp3Tgnl5RO9D-xFKKctrV70kgfYELPviAz-23XG-1imL7vAEUCe73dEA9wnS1Ii/s640/bomb.jpg)
- काठमाडौं, १ वैशाख ।
अमेरिकाले अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ । बम अाक्रमणपछि के कति क्षति भयो भन्ने विवरण बाहिर अाएको छैन । सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिइएन ।
अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा यो बम खसालेको बिबिसीले जनाएको छ । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ । गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो ।
जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को नाम पनि दिइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...