प्रधानमन्त्रीकाे पद छाेडेर प्रचण्ड रातारात भूमिगत, देउवा र ओलीको सुरु भयो कुर्सी तानातान

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' रातारात भूमिगत भएका छन् । २०६५ भदाैमा गणतन्त्र नेपालकाे पहिलाे प्रधानमन्त्री बनेका प्रचण्डले अहिले दाेस्राेपटक प्रधानमन्त्री पद सम्हालिरहेका थिए । 

संसदिय व्यवस्थाले देशलार्इ कंगाल बनाएकाे भन्दै उनले शुक्रबार राती प्रधानमन्त्रिकाे पदबाट राजिनामा दिएर एकाएक गायब भएका छन् । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले मात्रै अब देशमा नयाँ जनवादी क्रान्ति स्थापना गर्न सक्ने भन्दै त्यसका लागि गाेप्य रणनीति बनाउन अाफुले प्रधानमन्त्रीकाे पद त्यागेकाे उनकाे निकटमत स्राेतले बताएको छ तर अहिले उनि कुन जंगलमा कहाँ लुकेका छन् भन्ने बारे भने प्रष्ट पारिएको छैन ।

प्रचण्डले राजिनामा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्री को बन्ने भन्ने होडबाजीका कारण प्रधानमन्त्रीको कुर्ची तानातानको चपेटामा परेको छ । 

प्रचण्डपश्चात प्रधानमन्त्री बन्ने पालो काँगेसको रहेको भन्दै देउवाले प्रधानमन्त्री कार्यालय कब्जा गर्ने रणनीति तय गरेका छन् भने यता एमाले अध्यक्ष ओलीले नेपाललाई बिकाशको गति दिन सक्ने ठोस योजना आफूसँग मात्र रहेको भन्दै प्रधानमन्त्री आफुले बन्न पाउनुपर्ने माग गर्दै रडाको सुरु गरेका छन् । 

झुक्किनु भयो ? हाेस पुर्याउनु हाेला अाज तपार्इलार्इ पनि कसैले यसरि नै झुक्याउन सक्छ । माफ गर्नुहोला पाठकहरु आज अप्रिल १ भएकोले यो सामग्री काल्पनिक मात्र हो । अप्रिल फुलमा हल्का रमाइलाे ।
२०७३ चैत्र १९ गते प्रकाशित 

,

प्रतिकृया दिनुहोस्

Loading...