भीषण बाढी–पहिरोमा परि कोलम्बियामा २५४ जनाको मृत्यु, २ सयबढी बेपत्ता

  • एजेन्सी, २० चैत । 

दक्षिण अमेरिकी देश कोलम्बियामा लगातारको वर्षापछि आएको भीषण बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या २ सय ५४ पुगेको छ ।

बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरै बेपत्ता भएका छन् । यस्तै चार सय जना घाइते भएका रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् ।

बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको उनले बताए ।

उनले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेका छन् । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...