प्रहरीले ट्रकमा कोचेर महाराजगंज पुर्याएपछि पूर्व प्रधानमन्त्री भट्टराईले भने 'देशमा पंचायती शासन पुनरागमन भयो'
- काठमाडौँ २० चैत ।
नयाँ शक्ति नेपालका संयोजक डा: बाबुराम भट्टराईले देशमा पंचायती शासनको पुनरागमन भएको प्रतिकृया दिएका छन् ।
चुनाव चिन्हको माग गर्दै निर्वाचन कार्यालयको घेराउ गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक डा: बाबुराम भट्टराईलाई प्रहरीले गिरप्तार गरेर ट्रकमा राखी २ नं गण महाराजगञ्ज पुर्याएपछि यस्तो कडा प्रतिकृया दिएका हुन् ।
उनले भनेका छन् 'हामीलाई कानुनले दिएको अधिकार अनुसार पाउनुपर्ने निर्वाचन चिन्ह पनि नदिएर अत्यन्तै गुपचुप तरिकाले संसदमा भएका दलहरु बाहेक अरुलाई निर्वाचन चिन्ह नदिने जुन सड्यन्त्र गरिएको छ ।
संसदमा अहिले भएका बाहेक अरु दाललाई निर्चाचन चिन्ह नदिएर अरु दलको अस्तित्व समाप्त पार्ने जुन सड्यन्त्र भएको यो पंचायती व्यबस्थाको पुनरावृति भएको छ ।'
उनले अगाडी थपे 'यो मण्डले प्रवृतिको बिरोध गरेका थियौ । यस्तो शान्तिपूर्ण धर्नामा पनी हामिली जसरी गिरप्तार गरिएको छ त्यो निकै लज्जास्पद तरिका हो ।'
म एकजना पूर्व प्रधानमन्त्री समेत भएको व्यक्तिलाई समेत जसरी लछारपछार गरियो यो अत्यन्तै लज्जास्पद तरिका हो त्यसले मलाइ पनि लज्जाबोध भएको छ । उनले भने।
यो पनि पढ्नुहोस
प्रतिकृया दिनुहोस्
Loading...