सबै भन्दा ठूलो ग्रह बृहस्पति आज पृथ्वीको नजिक आउदै, नाङ्गो आँखाले सहजै हेर्न सकिने
- काठमाडौं, २५ चैत ।
सौर्यमण्डलको सबै भन्दा ठूलो ग्रह बृहस्पति शुक्रबार पृथ्वीको नजिक आउने खगोलविद्ले बताएका छन् ।
शुक्रबार सूर्यास्त पछि बृहस्पति उदाइहाल्ने र रातभरी चम्कने खगोलविद सुरेश भट्टराईले बताए । शुक्रबार सूर्यास्त भएपछि उदाउने बृहस्पति सूर्योदय नहुन्जेलसम्म देख्न सकिन्छ ।
शुक्रबार बृहस्पतिलाई नाङ्गो आँखाले पनि हेर्न सकिने उनले बताए । हरेक १३÷१३ महिनामा बृहस्पति पृथ्वीको नजिक आउँछ ।
बृहस्पतिलाई सबैभन्दा नजिक भएका बेला अवलोकन गर्नका लागि नेपाल खगोलीय समाजले व्यवस्थासमेत मिलाएको छ । बेलुकी साढे ६ बजेदेखि ८ बजेसम्म गौशालामा रहेको अंकुर विद्याश्रममा अवलोकन कार्यक्रम हुने समाजले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...