ढुङ्गा-बालुवा तस्करी नगर्ने सर्तमा कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएका ट्याक्टर छोड्यो
धादिङ, ३० चैत्र ।
धादिङमा अवैध ढुङ्गा-बालुवा ढुवानी गरिरहेको ट्याक्टर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।
धादिङको सिद्धलेकस्थित कालुपाण्डे राजमार्ग खण्डको कालिदहमा तस्करीमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको नेकपा धादिङले जानकारी दिएको छ ।
तस्करी भइरहेको सूचनाका अाधारमा इलाका इन्चार्ज राजकुमार गुरुङको नेतृत्वमा थोपल खोलाबाट नियन्त्रणमा लिएको हो ।
ट्याक्टर मालिकहरुले अाफूहरुले पहिलो पटक सूचना पाएको र अब त्यसो नगर्ने भनेपछि नियन्त्रणमा लिएका ट्याक्टर छोडिएको इन्चार्ज गुरुङले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...