डिआईजी सिलवाल प्रक्राउ बारे नयाँ र अनौठो तथ्य सार्वजनिक, देउवा प्लानर, निधि बेखबर
- काठमाडौं।
नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल पक्राउ प्रकरणबारे नयाँ र अनौठो तथ्य फेला पारेको छ ।सिलवाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा आइतबार बिहान बालुवाटारबाट पक्राउ गरिएको थियो । दिनभर मुख्यालयमा राखिएका सिलवाल सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशमा रिहा भएका थिए ।
सामान्यतः सबैलाई लाग्न सक्छ कि प्रहरीको बर्दीधारी डिआईजीलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश वा जानकारी बेगर असम्भव छ । तर, सिलवाल पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बेखबर थिए । सञ्चार माध्यमबाट थाहा पाएपछि मात्र निधिले प्रहरी नेतृत्वलाई त्यसबारे सोधेका थिए । ‘गृहमन्त्रीज्यूलाई थाहै थिएन, सञ्चार माध्यममा आएपछि मात्र उहाँलाई थाहा भयो’, गृहमन्त्री निधिका एक सहयोगीले भने ।
कसको आदेशमा पक्राउ परे त सिलवाल ?
स्रोतका अनुसार गृहसचिव लोकदर्शन रेग्मीले सिलवाललाई पक्राउ गर्न निर्देशन दिएका थिए । रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक अर्यालले सिलवाललाई पक्रेर ल्याउन टोली खटाएका थिए । रेग्मी काँग्रेस सभापति शेरबहादुर देउवाको विश्वास पात्र हुन् । रेग्मीले बुढानीलकण्ठ रिझाउन सिलवाललाई पक्रन लगाएको दाबी श्रोतको छ । मुख्यसचिव सोमलाल सुवेदी एडीबीमा गएपछि मुख्यसचिव हुन रेग्मीले चलखेल तीव्र पारेका छन् । काठमाडौं टुडेमा खबर छ ।
सुवेदी एक वर्षे कार्यकाल बाँकी छँदै एसियाली विकास बैंक ९एडीबी० को फिलिपिन्सको मनिलास्थित मुख्यालयमा वैकल्पिक कार्यकारी निर्देशन भएर जाने भएपछि उक्त पद खाली हुने भएको हो । देउवा सिलवालप्रति व्यक्तिगत रुपमै पूर्वाग्रही छन् । मुख्य सचिव हात पार्नका लागि देउवा रिझाउन रेगमीले बुढानिलकण्ठबाटै सिलवाल पक्रने योजना बनाएका थिए ।
पहिलो वरियताका डिआईजी सिलवाललाई रोकेर देउवाको दबाबमा सरकारले तेश्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त बढुवाविरुद्ध सिलवाल अदालत गए । अदालतले चन्दको बढुवा बदर गर्दै वरिष्ठता र ज्येष्ठताका आधारमा बढुवा गर्न निर्देशन दियो ।
अदालतले पछिल्लो चार वर्षको कार्यसम्पादन मूल्यांकनमा सिलवाल पहिलो, प्रकाश अर्याल दोश्रो, बमबहादुर भण्डारी तेश्रो र जयबहादुर चन्द चौथो नम्बरमा रहेको स्पष्ट गर्दै वरियताका आधारमा नियुक्ति गर्न दिर्नेशन दिए पनि देउवाकै दबाबमा मन्त्रिपरिषदले दोश्रो वरियताका अर्याललाई महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध पनि सिलवाल अदालत गएका थिए । अदालतमा मुद्धा विचाराधीन छ ।
प्रतिकृया दिनुहोस्
Loading...