गुण्डा नाइके लामामाथि गोली प्रहार, उपचारको लागी मेडीकल कलेज जोरपाटी लगियो
- काठमाडौँ २९ चैत ।
गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ। काठमाडौंको गौरीघाटमा लामामाथि गोली प्रहार भएको हो ।
गौरीघाटमा रहेको दिब्य पार्टी प्यालेस नजिकै आज विहान लामामाथि ३ गोली प्रहार भएको काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिएका छन्।
उनको अहिले जोरपाटीस्थित नेपाल मेडिअकलमा उपचार भइरहेको छ। गाडी पार्किङ गरेर हेल्थ क्लवमा जान लागेका उनीमाथि मास्क लगाएको युवाले गोली हानेका हुन्।
प्रहरीले सिसिटिभी फुटेज निगरानी गरेर गोली हान्नेको पहिचान गरिसकेको जनाएको छ। लामाको साथीहरुसँग विवाद रहेको र सोही कारण उनीमाथि गोली प्रहार भएको प्रहरीले अनुमान गरेको छ। घटनाको थप विवरण आउन बाकी छ ।

प्रतिकृया दिनुहोस्
Loading...