हामी कविता
एच बि जोशी 'चित्रण' । |
पहाडले शक्ति दिएको छ
हामी फगत भनिएका
मान्छे हरु
पहाड जस्तै उभिनु पर्छ।
हामी हिमाल हौं
अविच्चिन्न चन्द्र सुर्य जस्ता
सधैं सगरमाथाको काखमा बस्ने
हामी मैदान हौं
महासागर वरिपरिका
टापु टापु हरुमा बस्ने
तर
हामी उठेपछि बिशाल
पहाड मा बदलिन्छौ
तुफानी बादलहरुलाई रोक्ने
आधुनिक इतिहासका द्रोण र
मिसाईल जस्तै बनेर
बेगमा दौडने
तर
छिचमिरी जस्ता
उडदै गएअका देखिन्छौ
किन कि देश
कुप्राहरु ले चलाउछन
रिमोट उनिहरुलाई
चलाउछ।
ओढारमा
चमेरा जस्तै झुन्डिएका
दुश्मनका जाल, झेलका,
लोभका पोकाहरु
मिठा तर कुहिएका
केरा जस्ता पिलाहरु
जनताको असन्तुष्टि
ताप्केमा उम्लिएको
चिया जस्तै
छ्ताछुल्ल पोखिएको छ
तर लाचर भएर बसेकाछौ
शासकले भेडा भनिएका
बुज्रुक हरु।
के ?संकट आउँन
बिजुली छम्किनै
पर्छ ,
अकाश गद्यङ्गुधुङ
पर्खेर बसिरहेका
मान्छे हरु
काल्पनिक पूराणका
कथा सुनिरहेका छौँ ।
घरभित्र र बाहिरको
छिमेकीको युद्ध देखेर
भत्किएको धुरिमा बसेर
हेरि रहेका छौँ ।
तर आफ्नो घरमा
शान्ति दिन सकेका छैनौं
किनकी हामी
स्वार्थमा रमेर
बसिरहेका छौ
आ आफ्नो
तर चटकि को
चटनी का दर्शनार्थी
हरु
ढुंगाको सिरानिमा
सुतिरहेका छौँ
खै ?
कहिले बिउझन्छौ
हामी ।
प्रतिकृया दिनुहोस्
Loading...