आइपिएल क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सको विजयी सुरुवात
- एजेन्सी, २५ चैत ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सले विजयी सुरुवात गरेको छ । बिहीबार रातिको खेलमा पुनेले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।
१ सय ८५ रनको लक्ष्य पुनेले १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला कप्तान स्टेभेन स्मिथले लगातार दुई छक्का प्रहार गर्दै पुनेलाई जिताए । स्मिथले ५४ बलमा ३ छक्का र ७ चौका सहित अविजित ८४ रन बनाए ।
यस्तै अजिन्का रहानेले ३ छक्का र ६ चौकाको मद्धतमा ३४ बलमा ६० रनको योगदान दिए ।
टार हारेपछि पहिले ब्याटिङ पाएको मुम्बई इन्डियन्सले निर्धारीत २० ओभरमा ८ विकेट जाँदा १ सय ८४ रन बनाएको थियो । मुम्बईका लागि जस बटलरले सर्वाधिक ३८ रन बनाए ।
उनले १९ बलमा ३ चौक्का र ३ छक्का हानेका हुन् । यस्तै नितिश रानाले २८ बलमा ३४ रन बनाए । पुनेका इमारान ताहिरले तीन, रजत भाटियाले दुई साथै बेन स्टोक्स र अदम जम्पाले एक एक विकेट लिए ।
प्रतिकृया दिनुहोस्
Loading...