पञ्जाबको दोस्रो जित, बैंग्लोर लगातार पराजित
- काठमाडौं, २९ चैत ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभेन पञ्जाबले लगातार दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले भने लगातार दोस्रो हार व्यहोरेको छ ।
सोमबार राती इन्दौरमा भएको खेलमा पञ्जाबले बैंग्लोरलाई ८ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा एक सय ४८ रन बनायो ।
बैंग्लोरका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबि डे भिल्लियर्सले अविजित ८९ रन जोड्दा मन्दिप सिंहले २८ रको योगदान दिए ।
जवाफमा एक सय ४९ रनको लक्ष्य पञ्जाबले १४ ओभर तीन बलमा दुई विकेटको क्षतिमा पुरा गर्यो । पञ्जावको लागि हशिम अमलाले अविजित ५८ रन तथा कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन जोडे ।
प्रतिकृया दिनुहोस्
Loading...