तेक्वान्दो खेलाडी सुवाषमाथि काँग्रेस कार्यकर्ताले यसकारण गरे योजनाबद्ध हमला


इमान्दार मिडिया संवाददाता ।

नेपाल कम्युनिष्ट पार्टी इलाका नम्बर ७ का सेक्रेटरी महेन्द्र तामाङले सुवाष तामाङमाथि योजनाबद्ध तरिकाले हमला भएको खुलासा गरेका छन् । 

'चन्द्रागिरी नगरपालीका भित्र हाम्राे पार्टीले गर्दै अाएकाे जनहितका कार्यहरूलार्इ असफल पार्न काँगेसले योजनाबद्ध हमला गरेकाे हाे । हामीसँग यथेष्ट प्रमाण फेला परेकाे छ ।' तामाङले इमान्दार मिडियासँग भने । 

नेपाल कम्युनिष्ट पार्टीनिकट गणतान्त्रीक खेलकुद महासंघले अाउदाे बैसाख १५ र १६ मा काठमाडौं जिल्लास्तरीय खेलकुद प्रतियाेगिता आयोजना गर्ने तयारी गरिरहेका बेला सुवाषमाथिकाे हमला उक्त खेलकुदलार्इ राेक्ने षडयन्त्र भएकाे उनले बताए । 

'हमलाका याेजनाकार काे हुन भन्ने बारेमा हाम्राे प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेकाे छ ।' उनले भने - 'बैसाखमा अायाेजन हुन लागेकाे गेमलार्इ असफल पार्न याे हर्कत भएकाे देखिन्छ तर हामी कारवाही गर्छाैं ।' तर उनले हमलाका याेजनाकार काे हुन ? भन्नेबारे नाम भने खुलाउन चाहेनन् ।

यसअघि पनि नेकपाले गर्दै अाएका विभिन्न कार्यक्रमहरूमा काँग्रेस कार्यकर्ताहरूले अवराेध पुर्याउने प्रयास गर्दै अाए पनि त्याे सफल हुन नसकेकाे तामाङकाे भनार्इ छ ।

सुवास नेपाल गणतान्त्रीक खेलकुद महासंघ काठमाडाैंका जिल्ला सदस्य हुन । उनिमाथी काँग्रेस कार्यकर्ताकाे एक जत्थाले बुधवार अपरान्ह ४ बजेतिर काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कमा आक्रमण गरेकाे थियाे ।

हमलाबाट तामाङको टाउकोमा गम्भीर चोट लागेको छ ।उनकाे बिर अस्पतालमा उपचार भइरहेको छ ।

यता नेपाल गणतान्त्रीक खेलकुद महासंघ काठमाडाैंका अध्यक्ष पुरु बुढाथाेकीले हमलाकारीहरूलार्इ जुनसुकै हालतमा पनि कारवाही गरेरै छाड्ने बताउका छन् ।

अाफ्ना इमान्दार खेलाडीमाथी याेजनाबद्ध रूपमा भएकाे हमलाकाे भर्त्सना गर्दै उनले यसको मूल्य चुकाउन दोषी पक्षले तयार हुनुपर्ने बताएका छन् ।

'उनिहरूले याे खेलकुद प्रथियाेगिता कुनैपनि हालतमा नहाेस भन्ने नै चाहान्छन । हामीले युवा खेलाडीहरूकाे खेल क्षमता विकास र उहाँहरूकाे मनाेबल अझ उँचाे बनाउन याे प्रतियाेगिता जसरि पनि गर्छाैं भन्ने छ ।' उनले भने

याे पनि पढ्नुहाेस् 

काँग्रेस कार्यकर्ताद्वारा तेक्वान्दो खेलाडी तामाङ्गमाथि सांघातिक हमला, अवस्था गम्भीर

२०७३ चैत्र २४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...