प्रिय म मरुभूमिको यात्रा तय गर्दैछु !


इशा चन्द ।

प्रिय, मेरो सपनाको हत्या त त्यहि दिन भएको थियो जुनदिन तिमीले अर्कैको भइसके अब तिम्रो हुन् सक्दिन भनेको थियौ । थाह छ मलाई कि मेरा सपना र खुशीहरुको मृत्यु होइन हत्या भएको हो । यसाे भनिरहनुकाे मतलब तिमी मेराे सपनाकाे हत्यारा हाै भन्नु चाँही पट्टक्कै हैन । 

भनिन्छ नि साँचो प्रेममा त्याग, समर्पण के के हो के केअरू धेरै कुरा पनि हुन्छ रे ! तर मैले त्यो कुरा स्वीकार गर्न सकिन । प्राप्ति बिनाको प्रेमको कुनै अर्थ छैन । यहाँ रुदै हिडनेहरूसँग भन्दा मुस्कुराउनेहरूसँग ठुलाे जमात देखिन्छ । हाे तिमी तिनै मुस्कुराउनेहरूकाे जमातमा छाै र म रूनेहरूकाे जमातमा छु । मैलेकहिले हार्न सिकेकाे थिइन तर तिम्राे प्रेत यति शक्तिशाली सावित भयाे की म जितेर पनि हारे । साेच्दै नसाेचि हारे । हार्दै नहारी हारे । तिम्राे जितका निम्ति हारे । या अाफ्नाे स्वार्थका निम्ति हारे तर हारे म कहिल्यै नजित्ने गरि ।

तिमी याे मनभरि छाै तर म खुसी छैन । तिम्राे मानचित्र गहिराे छाप बनेर मुटुमा टाँसिएकाे छ । न यसलार्इ पखालेर हिड्न सकेकी छु नत याे डरलाग्दाे यथार्थलार्इ स्विकार गरेर गुमनाम हुन सकेकी छु । जब आफुले चाहेको मान्छे पाईदैन नि ! तब चित्त बुझाउने बहानामा मान्छेहरु भन्ने गर्छन् माया गरेको मान्छे पाउनैपर्छ भन्ने पनि त छैन नि । त्याे त भनार्इमा सिमित कहानी हाे । म मान्दिन, तिमीले पनि मानेनाैं । अाखिर तिमीले पनि त त्यहि गर्याे,उसकाे प्रेममा पागल बन्याै, उसकाे साथ दरिलाे थियाे, उसकाे हात बलियाे थियाे । 

त्यसैले अाज तिम्रा लागि लेख्दै छु । तिमीप्रतिको मायाले मलाइ लेख्न बाध्य गरायाे । मुटुभित्र लागेको चोट न त देखिन्छ न त मेटिन्छ, एकाएक चट्याङ परेकाे याे एक्लाे जिन्दगी अब तिम्राे शहरबाट कयाैं टाढा जाँदैछ । 

जिन्दगीभर घाउ बनेर दुख्नलाई कुनै ठुलो शारीरिक चोटको अावश्यक्ता पर्दैन डियर । याद गर्दैमा र माया लाउदैमा मात्र कोहि आफ्ना हुदैन रहेछ । प्रमाणित भएपछि म याे देश छाेडेर जाँदैछु । मलार्इ मेरै प्रेमले देशनिकाला गर्दैछ म चुपचाप भाग्दैछु । कुनै अन्तराष्ट्रय अपराधिजस्तै बनेर । 

हाे म मरूमूमिकाे यात्रा तय गर्दैछु, तिमी अाफ्नाे सम्बन्ध सफल बनाउनलाई फुर्सद निकालेर प्रेम गर्नु । मेराे एकतर्फी प्रेम तिम्राे जिन्दगीकाे तगाराे नबनाेस । त्यसैले म मरूभूमिकाे यात्रा तय गर्दैछु । त्याे मरूभूमिमा म पानी नपाएर छटपटिदा छटपटिदैँ मरेछु भने, कसैले मलार्इ अबला सम्झेर मेराे अस्मिताकाे चीर हरण गरेछ भने । म स्वाभिमानी देशकाे नारी परदेशमा कसैकाे दासी भएर बस्नु परेछ भने मलार्इ कुनै पछुताे हुनेछैन । किनकी तिमी र तिम्राे जीवन यहाँ देश निर्माणमा हाेमिएका हुनेछाै । 

भनिन्छ नी कि त आँसु माया गर्ने मान्छेको अगाडी धेरै झर्ने गर्छ । कि त आफ्नो मान्छे आफू सदा सदाका लागी टाढा हुँदा । हाे प्रिय तिम्रा अगाडी बसेर धित मरूनजेल रूने अवसर नै पाइएन । अाफ्नाे साला भाग्य नै पक्षपाती रैछ । बस एक्लै राेए म चिच्याउदै कराउदै तर कसैले सुनेनन् । मेराे चित्कार एकाएक माैन सावित भयाे । 

याे जिन्दगी अग्ला अग्ला पहाडको यात्रा जस्तै लाग्दैछ, आजभोलि जति हिडयो उति नै थाक्ने गर्छन पाइलाहरु । तर त्याे मरूभूमि भेट्टाउन म जुनसुकै हालतमा हिड्नेछु बरू प्राण गए जाअाेस । जिन्दगीमा त्यस्ता कुनै गल्ति हुन्छन जस्ले जिन्दगी नै पुरै बदलिदिन्छन । हाे मेराे गल्ति तिमी हाै र त्यहि गल्तिपछि नै हराभरा याे मन मरूभूमि बन्याे । बदलियाे जीवन, बदिलियाे ससार । बदियाे चाहाना र लक्ष्य उनि उदेश्य पनि ।

तिम्राे मनभरिको माैलाएकाे उसको माया अनि मुहार भरिको खुशीलाई मेरा नयनबाट झर्ने यो झरीले नपखालिदेअाेस, त्यसैले त जाँदैछु मरूभूमिकाे यात्रामा । 

जिन्दगीमा आँसु नै रहर बनिदिएपछि खुसिसाथ पिउनुपर्छ रे त्यसैले पिउदैछु म पनि । त्यो एकदिन जरुर अाउनसक्छ, जुनदिन भगवानले मलार्इ तिम्रा यादहरूसँग तड्पिएको हिसाब माग्नेछन्, त्यसकाे दाेषी तिमीलार्इ करार गरेर कुनै सजाय कबुल गराए भने ? हाे प्रिय त्यसैले म मरूभूमिकाे यात्रा तय गर्दैछु । चाहे म हारेकै मान्छे भएपनि तिमीलार्इ भन्न चाहान्छु, जिन्दगीमा हरेश कहिले नखानु यहाँ तिम्रो कमजोरी खोजेर हिडने काम नभएका बेरोजगारहरु गल्ली गल्लीमा छन् ।

तिमी मुस्कुराउनु सधैभरि बस रूनेछु त केवल म मात्र । याे गद्दार अनि बैमान मनले जसलाइ माया गर्यो उसैलाई पाउने आशा राख्याे तर यसलाइ के थाहा यसको माया गर्ने मान्छे अरु कसैको भइसकेको छ भन्ने कुरा । के गर्नु मेरो ढुङ्गाको मन छ, त्यसैले त मेरो मनमा खोपिएको तिम्रो नाम मेटिदैन। संसार नियाल्ने यी आखाँमा तिम्रै मुहारकाे बादल लागेकाे छ । त्यहि बादल असिना बनेर नझराेस, हाे प्रिय त्यसैले म मरूमूमिकाे यात्रा तय गर्दैछु ।

नढाटी भन्नुपर्दा अप्रिल १ काे दिन म मरूभूमिकाे यात्रा तय गर्दैछु । याे देशकाे निर्माणकाे जिम्मा तिमीलार्इ सुम्पेर ।
२०७३ चैत्र १९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...