म्यादी प्रहरी : छनोटका क्रममा एकैदिन तीनजनाको मृत्यु
- काठमाडाैं, १९ चैत ।
बाँकेमा छनोटका क्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ । दौड सकेर सेटअप गर्नेक्रममा उनी बेहोस भएर लडेको र तत्काल उपचारका लागि अस्पताल पुर्याउँदा मृत्यु भएको जनाइएको छ ।
यस्तै, मोरङमा पनि दौडनेक्रममा विराटनगर–१६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले म्यादी प्रहरीमा भर्ना हुन आएका राजवंशी दौडनेक्रममा घाइते भएको र उपचारका लागि कोसी अञ्चल अस्पतालमा पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताएका छन् ।
उता जिल्ला प्रहरी कार्यालय खोटाङमा पनि दौडनेक्रममा सप्तेश्वर–६ का २४ वर्षीय किशोर निरौलाको मृत्यु भएको छ ।
दौडँदा एक्कासि बेहोस भएका उनको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको जनाइएको छ । म्यादी प्रहरीका निवेदकलाई छनोटका लागि शनिबार पहिलो दिन एक किलो मिटर दौडाइएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...