दुश्मनले गोली हाने फुल अछेता चडाइ दिनु



नकुल चौलागाईं ।

सहिदको शालीक भेट्छौ भने माल्य अर्पण गरिदिनु 
खुसि तिमलाई लाग्छ भने फुल अछेता नि चडाइ दिनु 
हामी सबको जनक्रान्ति खोज्दै आफ्नो घरमा आयौ 
अन्य जाति भए पनि कात्रो चाहिँ ओढाइ दिनु 
हजारौं सहिद बेहाल बिचल्लीमा परे भने
दुश्मनले गोलि हानेपछी फुल अछेता चडाइ दिनु 
बम बारुद गोलि गठा जति धेरै रोजे पनि 
हजारौं सहिद बनेको हेरि तप्प आँसु बगाइ दिनु
सहिद परिवारले निम्तो गर्ला हामी मरेको बेला 
सबै आई हाम्रो लासलाइ रङ्गहिन रंगले सजाइ दिनु 
मर्ने मान्छे अमर सहिद भयर गए पनि 
भित्र हास्दै बाहिर आँसु मन खुसी बनाइ दिनु।

प्रतिकृया दिनुहोस्

Loading...