मधेसी मोर्चाको आन्दोलन मधेसी जनताकै लागि घातक : काँग्रेस नेता भण्डारी
- काठमाडौं, २० चैत ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कार्यक्रममा बाेल्दै उनले मधेसी मोर्चाको आन्दोलनले मधेसी जनतालाई नै फाइदा नहुने बताए ।
उनले तराई÷मधेशका जनतालाई अधिकार दिने पक्षमा आफूहरु पनि रहेको उल्लेख गर्दै कतिपय संशोधनमा उल्लेख भएका विषयहरुले जनतालाई अधिकार दिनुको सट्टा बञ्चित गर्ने बताए ।
नेता भण्डारीले संशोधन प्रस्तावमा उल्लेख भएको विषयमध्ये नागरिकताको प्रावधानले तराईका जनतालाई नै असर पार्ने गुनासो पोखे । त्यस्तै उनले माथिल्लो सदनमा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चितता गरिए पहाड रितिने समेत चिन्ता व्यक्त गरे ।
उनले सीमांकन हेरफेर गर्ने विषयमा आयोगलाई जिम्मा दिने हो भने संशोधन प्रस्तावमा जान सकिने विश्वास दिलाए ।
प्रतिकृया दिनुहोस्
Loading...